TodayPati

नेपाललाई टी–२० विश्वकप खेल्न १७६ रनको लक्ष्य

टुडेपाटी–
काठमाडौँ, फागुन १० गते ।

आइसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले १७६ रनको लक्ष्य पाएको छ। नेपाल यो खेल जिते अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

मंगलवार ओमानमा जारी ग्लोबल छनोटको सेमिफाइनलमा यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको छ ।

Sponsored

यूएईका ओपनर मोहम्मद वासिमले ७० रन जोडे। ४८ बलमा उनले ४ चौका र ४ छक्का प्रहार गरे।

यस्तै आक्रामक खेलेका ब्रित्य अरभिन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे। दोस्रो विकेटका लागि वासिम र अरभिन्दबीच ६६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए।

नेपालको तर्फबाट जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३÷३ विकेट लिएका छन् भने कप्तान संदिप लामिछानेले एक विकेट लिएका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *