भंगहाका मेयर साहले सर्वोच्चमा दिएको रिटमा आज सुनुवाइ हुँदै
टुडेपाटी–
काठमाडौँ, फागुन १० गते ।
महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले स्थानीय तहका प्रतिनिधिले पूरै पाँच वर्ष काम गर्न पाउनु पर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतमा मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ ।
प्रमुख साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दाबीसहित रिट दायर गरेका हुन् ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि साहले निवेदन दर्ता गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले सुरुमा रिटलाई दरपिठ गरेको थियो । पछि इजलासको आदेशबाट रिट दर्ता भएको थियो ।
Sponsored