जन्ती बोकेको कार नदीमा खस्दा बेहुलाबेहुलीसहित ९ जनाको मृत्यु
एजेन्सी–
काठमाडौं, फागुन ८ गते ।
भारतमा राजस्थानमा जन्ती बोकेको कार दुर्घटना हुँदा बेहुलाबेहुलीसहित ९ जनाको मृत्यु भएको छ।
राजस्थानबाट मध्यप्रदेश जाँदै कार कोटामा दुर्घटना भई नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच राजस्थान सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई राहत दिने घोषणा गरेको छ।
ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ तथा जुन परिवारका दुई जनाभन्दा बढीको मृत्यु भएको छ सो परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने राजस्थान सरकारले घोषणा गरेको हो।
स्थानीय प्रहरीका अनुसार चालक निदाएर नियन्त्रण गुमाउँदा कार दुर्घटना भएको थियो।
Sponsored
स्थानीय समयअनुसार बिहान करिब सात बजेतिर दुर्घटनाको सूचना पाएको प्रहरीले जनाएको हो ।