अमेरिकाको अगाडी सिंगो नेपाल विभाजित भयो : झलनाथ खनाल
टुडेपाटी–
काठमाडौँ, फागुन ८ गते ।
अमेरिकाको दबाबको अगाडी सिंगो नेपाल विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टी नेता झलनाथ खनालले दाबी गरेका छन् ।
आइतबार सरकारले एमसीसी संसदमा पेस गरेपछि नेता खनालले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अमेरिकाको दबाबले सिंगो मुलुक विभाजित भएको बताएका हुन् ।
एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको उनको भनाइ थियो । उनले आफ्नो पार्टीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने विषयमा निर्णय नभएको बताए ।
सरकारमा बस्ने÷नबस्ने सम्बन्धमा पार्टीको बैठकले निर्णय गर्ने उनले बताए ।
Sponsored