TodayPati

टी–२० विश्वकप छनौट प्रतियोगिता : नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

टुडेपाटी–
काठमाडौं, फागुन ६ गते ।

आईसिसी टी–२० विश्वकप छनौट अन्तर्गतको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

ओमानविरुद्ध टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको छ ।

Sponsored

नेपालले घरेलु टोली ओमानलाई ११८ रनको लक्ष्य दिएको हो ।

नेपालको तर्फबाट ओपनर व्याट्सम्यान कुशल भुर्तेलले ५ रनमात्र बनाएर आउट भएका थिए । भने अर्का ओपनर आसिफ शेखले ४ रन बनाएर आउट भए ।

त्यस्तै आरिफ शेख ३८, कप्तार सन्दिप लामिछाने १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्र सिंह ऐरीले ११ रन जोडेका छन् ।

Sponsored

नेपालले यस प्रतियोगितामा ओमानसँगै फिलिपिन्स, आएरल्यान्ड र क्यानडासँग समूह चरणमा खेल्ने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *