TodayPati

संघीय सरकारले निकालेको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारले हाले मुद्दा

टुडेपाटी-
जनकपुरधाम, फागुन ६ गते ।

संघीय सरकारले ठूलो संख्यामा निकालेको प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

प्रहरी भर्ना विज्ञापनविरुद्ध प्रहरी प्रधान कार्यालय, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाइ मधेश प्रदेश सरकारले मुद्दा दायर गरेको हो ।

Sponsored

प्रहरी कर्मचारी समायोजन ऐन २०७६, विपरीत गएको मंसिर १० गते ठूलो संख्यामा प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि भान्छेसम्मको पदमा विज्ञापन निकालेको थियो ।

सो विरुद्ध मधेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले रिट निवेदन दायर गरेको आज बिहान मन्त्रालयमा पत्रकारसम्मेलन गरी जानकारी गराएको छ ।
गएको फागुन ४ गते रिट दर्ता गरेको र आगामी फागुन १० गते पेसी रहेको मन्त्री साहले जानकारी दिए ।

एका तर्फ प्रहरी कर्मचारी समायोजन बमोजिम प्रहरी कर्मचारीको समायोजन प्रक्रिया अनावश्यक रुपमा लम्व्याइएको र अर्को तर्फ पदपुर्तिको नाममा प्रहरी निरीक्षक लगायत विभिन्न पदमा भर्नाको विज्ञापन गरी प्रदेश सरकारको प्रहरी भर्ना गर्ने सुनियोजित कार्य गरेको रिट निवेदनमा दावी गरिएको छ ।

Sponsored

कानुन विपरीत प्रहरी भर्ना गर्ने कार्य प्रदेश सरकारको अधिकार क्षेत्रमा संकुचन ल्याउने प्रयास भएको रिटमा उल्लेख छ । मधेश प्रदेशका जनताको मौलिक हकमा समेत आघात पर्ने दावी गरिएको छ ।

यस्तो छ मुद्दाको पूर्ण पाठ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *