TodayPati

स्थानीत तहको निर्वाचनमा भाग लिन जनमत पार्टीद्वारा आयोगमा दल दर्ता

टुडेपाटी–
जनकपुरधाम, फागुन ५ गते ।

स्थानिय निर्वाचन २०७९ मा भाग लिनका लागि जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

बिहिवार पार्टीका केन्द्रीय अध्यक्ष चन्द्र कान्त राउत (डा. सीके राउत) ले निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।

Sponsored

सरकारले निर्वाचनको मिति घोषणा गरेको दोस्रो दिननै आफ्नो पार्टीबाट योग्य उम्मेदवारको नाम पठाउन अध्यक्ष राउतले सूचना जारी गरेका थिए ।

डा. सीके राउत मुलधारको राजनीतिमा आएपछि उनको नेतृत्वमा रहेको जनमत पार्टी पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ ।

यस अघि स्थानीय तहको उपनिर्वाचनमा उनको पार्टीले भाग लिएपछि जित हासिल गर्न सकेको थिएन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *