TodayPati

ऋषभ पन्त जस्ता खेलाडीलाई पछाडी गर्दै दिपेन्द्रसिंह आइसीसीको वरियातामा ५२ औं स्थानमा

टुडेपाटी-
काठमाडौं, फागुन ४ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वरीयता क्रममा ५२ औँ स्थानमा पुगेका छन् ।

ओमानमा गरेको उत्कृष्ट प्रर्दशनपछि बुधबार सार्वजनिक टी–२० ब्याटर वरीयतामा उनी ५२ औँ स्थानमा पुगेका छन् ।

Sponsored

उनी पहिलो पटक वरीयताको सयमा अटाउँदा लामो छलाङ मार्दै ५२ औँ स्थानमा पुगेका हुन् ।

ओमानमा सम्पन्न चार देशीय क्रिकेट श्रृंखलामा दिपेन्द्रले पहिलो खेलमा ७३ रन बनाएका थिए भने दोस्रो खेलमा ४१ र तेस्रो खेलमा २८ रन बनाएका थिए ।

उनले आईसीसी वरीयतामा भारतका दिग्गज ब्याटर ऋषभ पन्त, सुर्यकुमारर यादव जस्ता खेलाडीलाई पछाडी गरेका हुन् । वेष्टइण्डिजका कइरन पोलार्डलाई समेत उनले पछाडि गरेका हुन् ।

Sponsored

आईसीसी वरीयतामा १०० भित्रमा नेपालका दिपेन्द्र र कुशल भुर्तेलमात्र अटाएका छन् । भुर्तेल ६५ औँ स्थानमा छन् ।

नेपाली क्रिकेट टिमले अब आईसीसी विश्वकप टी–२० क्रिकेटको छनोट प्रतियोगिता खेल्दैछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *