TodayPati

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा

टुडेपाटी–
काठमाडौँ, फागुन ४ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।

माओवादी केन्द्रले एमसिसीको विपक्षमा उभिने संसदीय दलको बैठकमा निर्णय गरेको छ । बैठकले एमसीसी जबरजस्ती पारित गरिएमा सरकार नै छाड्ने निर्णय लिएको हो ।

Sponsored

अध्यक्ष प्रचण्ड सोही निर्णय जानकारी गराउन प्रधानमन्त्री देउवालाई भेट्न सरकारी निवास बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री देउवा कुनै पनि हालतमा एमसिसी पारित गर्ने पक्षमा देखिएका छन् भने गठबन्धन भित्र सहमति जुटेको छैन ।

बुधबारको संसद बैठकमा एमसिसी पेश हुने सम्भावना रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *