मधेश प्रदेशमा छैन बन्दको प्रभाव
टुडेपाटी-
जनकपुरधाम, फागुन ४ गते ।
एमसिसीको विरोधमा ६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर मधेश प्रदेशमा परेको देखिदैन ।
पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने सबै कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् ।
धनुषा, महोत्तरी लगायत अन्य जिल्लामा समान्य अवस्था रहेको छ ।
धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको अन्य दिन जस्तै अवस्था समान्य रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले टुडेपाटीलाई बताए ।
स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
Sponsored
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा बुधबार आजका लागि नेपाल बन्द घोषणा गरेका हुन् ।