तीन/चार वटा मुद्दाबाट बँच्न प्रधानन्यायाधीशमाथि माहाअभियोग लगाइयो : ईश्वर पोखरेल
टुडेपाटी–
जनकपुरधाम, फागुन ३ गते ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न मुद्दाबाट बँच्नका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको बताएका छन् ।
मंगलबार निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा जनकपुरधाम आएका पोखरेलले एक पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएका हुन् ।
पोखरेलले भने, ‘यो बेला कुबेला महाअभियोग ल्याउनुको तीन/चार वटा पक्ष छ । सभामुख अग्निप्रसाद सापकोटामाथि ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको छ, त्यो टाउकोमा झुण्डिएको तरवार जस्तै हो त्यसबाट नेपाली कांग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम गर्न, एमसीसी पास गर्न महाअभियोग लगाइयो ।’
‘नेकपा एमालेले माधव नेपाल सहित १४ सांसदलाई संसदीय दलको बैठकबाट कारवाही गरेर चिठ्ठी पठाइएको थियो, त्यसको आधारमा निष्काशन गर्नुपर्ने थियो, पेशी तोकिएको थियो त्यसलाई छल्नका लागि, गठबन्धन बँचाउन र स्थानीय तहको निर्वाचन धकेल्नका लागि महाअभियोगको नाटक गरियो’, उनले भने ।
पोखरेलले एमसीसी सम्झौता आफुहरुको पालामा नभएको र अहिले सत्तागठबन्धन दलसँग १ सय ६५ सांसद रहेकाले एमसीसी पास गर्न सक्ने बताउँदै उनले भने, ‘हेर्नुहोला एमसीसी टेबुल गर्ने नाममा कस्तो कस्तो नाटक हुन्छ ।’
Sponsored