TodayPati

एमालेले तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने

टुडेपाटी–
काठमाडौं, फागुन २ गते ।

नेकपा एमालेले सभामुख र सर्वोच्चका न्यायाधीशविरुद्ध कुनै काउन्टर महाअभियोग नल्याउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि काउण्टरमा एमालेले न्यायाधीशविरुद्ध महाअभियोग लगाउने चर्चाको बीच आइतवार बसेको एमाले संसदीय दलको बैठकले वस्तुस्थितिको ठोस अध्ययन गरेर मात्रै यसबारे निर्णय लिने निर्णय गरेको हो ।

Sponsored

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठकबारे जानकारी गराउँदै यसको म्याण्डेट उच्च तहका नेताहरूलाई दिएको जानकारी दिए ।

उनले भने, ‘एमालेले काउन्टर दिनका लागि चार न्यायाधीशमाथि महाअभियोग ल्याउँछ भनेर समाचारहरु आए, यो पूर्वअनुमान मात्रै थियो । वस्तुस्थितिको ठोस अध्ययन गरेर ठोस निर्णय आओस् भन्ने सुझाव सांसदहरुको आएको छ । पार्टी अध्यक्षले नेतृत्व बसेर यथोचित निर्णय लिन्छौं भन्नुभयो ।’

त्यस्तै एमसीसी बारे पहिले सत्ता पक्षको धारणा आउनुपर्ने पुरानै अडान दोहोर्‍याएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *