TodayPati

स्थानीय तहको निर्वाचन सार्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाइयो : ओली

टुडेपाटी–
काठमाडौँ, फागुन २ गते ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् ।

एमालेको जारी संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताएका छन् ।

Sponsored

बैठकमा सहभागी सांसद नवीन लामाले ओलीलाई उदृत गर्दै भने, ‘यो सबै (महाअभियोग) गलत छ । सत्तापक्ष र प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरेको थियो तर त्यसको एक सातापछि यस्तो काम (महाअभियो) गर्‍यो ।’

यस्तै अध्यक्ष ओलीले एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको आरोप लगाए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *