सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
टुडेपाटी-
जनकपुरधाम,फागुन २ गते ।
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ ।
सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर नौपानेले जानकारी दिए ।
सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् ।
Sponsored