न्यायालयको बेथिति हटाउन प्रधानन्यायाधीशमाथि महाअभियोग : अध्यक्ष दाहाल
टुडेपाटी–
जनकपुरधाम, फागुन १ गते ।
न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
उनले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए।
आइतवार मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापरेको र स्वतन्त्र न्यालयमा यस्ता बेथिति देखापर्नु देश र जनताको लागि दुखःद भएकाले यसको सहज निकास गठबन्धनले निकालेको बताए ।
संवैधानिक बाटोबाट प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको उनले बताए। साथै उनले गठबन्धन कुनै पनि कारणले नटुट्ने दावी गरे।
Sponsored