सर्वोच्चबाट बाहिरिए जबरा
टुडेपाटी–
काठमाडौं, फागुन १ गते ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेपछि उनले सर्वोच्च अदालतबाट बाहिरिएका हुन् ।
आइतवार विहान सत्ता गठबन्धनका ९८ सांसदहरुले संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यस पश्चात सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।
उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए ।
जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।
Sponsored