आज देखि यात्रु बिना सञ्चालनमा आयो नेपाल रेल्वे
टुडेपाटी–
जनकपुरधाम, फागुन १ गते ।
नेपाल सरकारले खरिद गरेको रेल आज देखि सञ्चालनमा आएको छ । यद्यपी अहिले यात्रु विनानै सञ्चालनमा आएको हो । उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल आजदेखि दिनको एकपटक चल्न लागेको छ ।
रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ ।
रेल्वे लिकामा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ‘ड्रायरन’ गर्नु आवश्यक रहेको महाप्रवन्धक झाले बताए ।
‘ड्रायरन’ गर्नाले लिकामा पशु छाडा छाड्ने, मान्छेहरु जथाभावी गएर बसिदिने, बाटो काट्ने जस्ता समस्या समाधान हुन्छ । रेल चल्न थाल्यो भनेर लिकमा जथाभावी गर्नु हुँदैन भन्ने सर्वसाधारणमा जनचेतना फैलिन्छ’ झाले भने ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।
Sponsored
२ असोज २०७७ मा भारतबाट खरिद गरी दुई सेट रेल नेपाल भित्र्याइएको थियो । भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरि तामझाम सहित ल्याएको दुइ सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।