TodayPati

नेपाल युएईसँग २५ रनले पराजित

टुडेपाटी–
काठमाडौं, माघ २९ गते ।

चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।

ओमानको मस्कटमा भएको खेलमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानमा १६७ रन मात्र बनाउन सकेको छ ।

Sponsored

नेपालको तर्फबाट दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए । राष्ट्रिय टिममा बमले आज डेब्यु गरेका हुन् ।

यस अघि टस हारेर ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *