TodayPati

यूएईद्वारा नेपालसामु १ सय ९३ रनको लक्ष्य

टुडेपाटी–
काठमाडौं, माघ २९ गते ।

चार देशीय शृङ्खालाको दोस्रो खेलमा नेपाललाई जितको लागि संयुक्त अरब एमिरेट्स (यूएई) ले १ सय ९३ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर बलिङ गरेको थियो ।

पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानमा १ सय ९२ रन बनाएको हो ।

Sponsored

यूएईका चिराग सुरीले सर्वाधिक ८४ रन बनाएका हुन् । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रन बनाए ।

नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चार देशीय शृङ्खलामा सहभागी छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *