TodayPati

नेपाललाई जितको लागि १३६ रनको लक्ष्य

टुडेपाटी–
काठमाडौं, माघ २८ गते ।

चारदेशीय टी–२० शृंखलाको पहिलो खेलमा ‌नेपाललाई जितका लागि ओमानले १३६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।

Sponsored

ओमानको तर्फबाट कप्तान जिसन मक्सुदले सर्वाधिक ४३ रन बनाएका हुन् । उनले ४१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अविजित ४३ रन बनाएका हुन्। त्यस्तै मोहम्मद नदीमले ३१ र जतिन्द्र सिंहले १३ रन बनाए।

सन्दीप लामिछानेको कप्तानीमा भएको पहिलो खेलमा अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिएका थिए।

त्यस्तै कमल ऐरी, अरिफ शेख र सन्दीप लामिछानेले एक/एक विकेट लिएका थिए।

Sponsored

सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।

May be an image of text that says 'CAN OMAN QUADRANGULAR T20I SERIES MATCH1 NEPAL vs OMAN INNINGS BREAK OMAN z MAQSOOD* 20.0 overs 43 41 135-6 M NADEEM A BOHARA 31 31 3-26 J SINGH S LAMICHHANE 138 1-173 A KHAN A SHEIKH 119 1-21 K AIREE 1-25 NEPAL NEEDS 136 RUNS ΤΟ WIN IN 20 OVERS @CricketAssociationofNepal F/CcrcketAsoiatioOoNeaOficial.aN @CricketNej'

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *