TodayPati

मधेशमा आएर नेपालले भने, ‘यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिँदैन’

टुडेपाटी–
पर्सा, माघ २८ गते ।

सत्ता घटक दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस संगठनले शुक्रबार पर्साको वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसीसीबारे राजनीतिक दल मात्र नभई नेपाली नागरिकबीच पनि एकमत हुन नसकेको उल्लेख गर्दै यसलाई अहिलेकै अवस्थामा अनुमोदन गर्न नसकिने बताएका हुन्।

Sponsored

उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन्। कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ। जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ, यो पनि एउटा ठूलो चुनौती छ।’

अध्यक्ष नेपालले एमसीसीबारे अझै राम्रोसँग अध्ययन र छलफल आवश्यक भएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गरेरै छाड्ने पक्षमा छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *