फागुन १ गतेदेखि १८ वर्ष भन्दा माथिका सबैलाई बुस्टर डोज दिइने
टुडेपाटी-
काठमाडौं, माघ २८ गते ।
आगामी फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन्।
आफ्नो कार्यकालको १२५ दिनको प्रगति बारे मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ । फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’
मन्त्री खतिवडाले सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने बताए। त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए।
यस्तै, विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए।
Sponsored
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको मन्त्री खतिवडाले बताए।