TodayPati

जाँचबुझ आयोग गठन सम्बन्धीत विधेयक सर्वसम्मतले पारित

टुडेपाटी–
जनकपुरधाम, माघ २६ गते ।

मधेश प्रदेश सरकारले जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न ल्याएको विधेयक प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

बुधवार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको विधेयक माथि छलफल पश्चात सर्वसम्मतले पारित भएको सभामुख सरोज यादवले प्रदेशसभामा जानकारी गराएका हुन् ।

Sponsored

मधेश प्रदेश सरकारले प्रदेश भित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोगको गठन सम्बन्धी बिधेयक ल्याएका थिए ।

जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहनेछन् ।

आयोगका लागि जनशक्ति र बजेटको व्यवस्थगा भने प्रदेश सरकारले गर्नेछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *