प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेशसभामा संकल्प प्रस्ताव पेश
टुडेपाटी–
जनकपुरधाम, माघ २६ गते ।
मधेश प्रदेशको प्रदेशसभामा संकल्प प्रस्ताव पेश भएको छ ।
प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न संघ सरकारलाई दवाव दिन बुधवार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले संकल्प प्रस्ताव पेश गरेका हुन् ।
मधेश प्रदेशको प्रदेशसभामा संकल्प प्रस्ताव पेश भएको छ । मधेश प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा संघीय सरकारले अवरोध गरेको भन्दै मन्त्री साहले संकल्प प्रस्ताव पेस गरेका हुन् ।
मन्त्री साहले माघ २३ गते प्रदेशसभामा उक्त प्रस्ताव दर्ता गराएका थिए ।
आफुरुले संविधान पाएपनि मधेशको दृष्टिकोणले पूर्ण संविधान नपाएको भन्दै मन्त्री साहले भने, ‘धेरै दुःखले भन्नु पर्छ, संविधानले अधिकारको अनुशुचीमा पहिलो नम्बरमा शुरक्षाको अधिकारको जिम्मा प्रदेश सरकारलाई दिएको छ तर यसलाई पनि केन्द्र सरकारले दिन आनाकानी गरिरहेको छ ।’
Sponsored
मन्त्री साहले धेरै समय अघि प्रदेश सरकारले प्रहरी सम्बन्धी एन बनाइसकेपछि केन्द्रले खाइ आएको सेवा सुविधाको कारण आनाकानी गरिरहेको भन्दै दबाब दिनका लागि प्रदेशसभामा पुनः संकल्प प्रस्ताव दर्ता गराउनु परेको बताए ।
उनले यसलाई पनि प्रदेशसभाबाट सर्वसम्मतले पास गर्ने बताए ।