इटालीमा कोरोनाबाट ९४ डाक्टरसहित २६ नर्सको मृत्यु
टुडेपाटी-
रोम, चैत २५ गते ।
कोरोनाबाट युरोपेली मुलुक इटलीमा ९४ जना डाक्टरको मृत्यु भएको छ ।
कोरोना संक्रमितको उपचारमा खटेका उनीहरुमा कोरोना भाइरसको संक्रमण भएको थियो ।
कोरोना संक्रमणकै कारण उपचारमा खटेका २६ नर्सको पनि मृत्यु भएको इटलीका अधिकारीहरुले सीएनएनलाई जानकारी दिए । इटलीको फेडेरेसन अफ नर्सेसका अनुसार हालसम्म इटलीमा ६५ सय ४९ नर्सहरुमा कोरोनाको संक्रमण देखिएको छ ।
इटालियन इन्स्टिच्युट अफ हेल्थका अनुसार इटालीभर १२ हजार ६८१ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित छन् ।
पीपीई लगायतका स्वास्थ्य सामाग्रीको अभावका कारण इटलीमा चिकित्सकहरु नै कोरोनाको जोखिममा परेको बताइएको छ ।
इटलीमा हालसम्म १ लाख ३२ हजार ५४७ कोरोना संक्रमित छन् । त्यहाँ १६ हजार ५२३ को मृत्यु भइसकेको छ । एजेन्सी
Sponsored