TodayPati

मधेश प्रदेशको प्रदेशसभामा रिक्त रहेको तीनवटै विषयगत समितिमा सभापति चयन

टुडेपाटी–
जनकपुरधाम, माघ २५ गते ।

लामो समयदेखि मधेश प्रदेशको प्रदेशसभामा रिक्त रहेका तीनवटा विषयगत समितिहरूको सभापति चयन गरिएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव चयन भएका छन् ।

Sponsored

लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामीले उम्मेदवारी दर्ता गराएका थिए भने कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *