TodayPati

स्थानीय तहको निर्वाचनका लागि जनमतले माग्यो उम्मेदवारको नाम

टुडेपाटी–
जनकपुरधाम, माघ २५ गते ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचनको निर्णय भएसँगै उम्मेदवारहरुको नाम मागेको छ ।

सरकारले सोमबार आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेसँगै दलहरु तात्न थालेका छन्।

Sponsored

निर्वाचन आउन तीन महिना बाँकी रहँदै जनमत पार्टीले पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउन भनेको छ।
मंगलबार अध्यक्ष राउतले मातहतका कमिटीहरूमा एक परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन्।

‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेकाहरूको नाम सिफारिस गरि केन्द्रीय सचिवालयमा पठाउन हुन अनुरोध छ’, राउतले भनेका छन्।

जनमत पार्टीले जिल्ला कार्यकारिणी समितिहरुले आगामी फागुन ५ गतेसम्ममा उम्मेदवारहरूको नाम सिफारिस गरिसक्न भनेको छ। त्यस्तै वडा÷पालिका कार्यकारिणी समितिहरुले फागुन १५ गतेसम्म सिफारिस पठाउन सक्ने उल्लेख गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *