विषयगत समितिका लागि सत्तागठबन्धनबाट तीनजनाको उम्मेदवारी दर्ता
टुडेपाटी–
जनकपुरधाम, माघ २४ गते ।
मधेश प्रदेशको प्रदेशसभामा रिक्त रहेको विषयगत समितिका लागि सत्तागठबन्धनको तर्फबाट तीनवटै सभापतिका लागि उम्मेदवारी परेको छ ।
सत्तागठबन्धनका तीनैवटा दलको तर्फबाट एक/एकजनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेशसभा सचिवालयले विषयगत समितिको सभापति लागि उम्मेदवारी दर्ता गराउन सोमबार ११ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेकोमा सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता भएको छ । प्रतिपक्षी दलहरुले भने अहिले उम्मेदवारी दर्ता गराएका छैनन् ।
सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसको तर्फबाट नरेश कुमार यादवको उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादव र कृषि तथा भूमि व्यवस्था समितिमा एकीकृत समाजवादीबाट मदन सेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका हुन् ।
Sponsored
लोसपाका प्रमुख सचेतक परमेश्वर साहले आफुहरु ४ बजेपछि उम्मेदवारी दर्ता गराउने बताए ।