TodayPati

फागुन १ गतेदेखि विद्यालय खुल्ने

टुडेपाटी-
काठमाडौं, माघ २३ गते ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै बन्द भएका क्षेत्रहरु पनि खुल्ला गर्ने सरकारले निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

Sponsored

यस्तै फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ । तर विद्यालय सञ्चालन गर्दा प्रशासनले शर्त राखेको छ।

१२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्न सकिने भएपनि १२ वर्ष पूरा नभएको विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ।

विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनको आदेश छ।

Sponsored

यस्तै सबै प्रकारका परीक्षाहरु जेड आकारमा सिट राखेर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ।

यस्तै डान्सबार लगायतका रात्रिकालीन व्यवसाय, स्वीमिङ, जिमखाना, फुटसल, सिनेमा लगायत पनि फागुन १ गतेबाट खोल्न प्रशासनले अनुमति दिएको हो ।

यधपी प्रशासनले आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजारमा भने प्रतिवन्ध कायम राखेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *