TodayPati

मधेश सरकारमा नेकपा एसबाट राज्यमन्त्री थपिए

टुडेपाटी-
जनकपुरधाम, माघ २३ गते ।

मधेश प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिएका छन् ।

उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् ।

Sponsored

उनलाई आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

No description available.

उनी राज्यमन्त्री बनेका यादव रौतहटका हुन्।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्।

Sponsored

यो संगै अब मधेश सरकारको मन्त्री मण्डल १४ सदस्य भएको छ ।

मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *