भारतमा विश्वकै दोश्रो ठूलो मुर्तिको मोदीले गरे उदघाटन, निर्माणमा भारु १४ अर्ब बढी खर्च
टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै ठूलो मुर्तिको उदघाटन गरेका छन् ।
शनिवार साँझ वैष्णव सम्प्रदायका सन्त स्वामी रामानुजाचार्यको २१६ फिट अग्लो सुनौलो मूर्तिको मोदीले उदघाटन गरेका हुन् ।
हैदरावादमा स्थापित यस प्रतिमालाई (ुस्ट्याच्यु अफ इक्वालिटी) अर्थात समानताको मूर्ति नाम दिइएको छ।
अब यो विश्वकै दोस्रो ठूलो मूर्ति भएको छ। यस मूर्तिसँगै भारत सरकारले १०८ विशाल मन्दिर पनि बनाएको छ।
ती मन्दिरमा कालिगढले गरेको मिहिनेत देख्दा जोकोहीलाई मोहित बनाउँछ। यो मूर्तिसँगै १२० केजी सुन प्रयोग गरेर आचार्यको एक सानो मूर्ति पनि बनाइएको छ।
Sponsored
यस परियोजनामा भारतले १४ अर्बभन्दा धेरै भारतीय रुपैयाँ खर्च गरेको छ।
यो खर्च उत्तर प्रदेशको अयोध्यामा अघि बढिरहेको राम मन्दिरका लागि गर्न लागिएको ११ अर्ब भारतीय रुपैयाँ भन्दा पनि धेरै हो।
वैष्णव सम्प्रदायका सन्त चिन्ना जियर स्वामीको देखरेखमा यो परियोजना तयार भएको हो।