TodayPati

सर्लाही, धनुषा र महोत्तरीमा एमालेको अधिवेशन फागुन ७ देखि १२ गतेसम्म हुने

टुडेपाटी–
जनकपुरधाम, माघ २२ गते ।

मधेश प्रदेशको तीन जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन हुने भएको छ ।

शुक्रवार प्रदेश कमिटीको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशनको मिति तय गरेको छ । जस अनुसार सर्लाहीमा फागुन ७ र ८ गते, धनुषामा ९ र १० तथा महोत्तरीमा फागुन ११ र १२ गतेका लागि तय गरिएको हो ।

Sponsored

प्रदेश इन्चार्ज रघुवीर महासेठले स्थानीय निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको बताए।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइसकेको बताउँदै आएको छ भने अर्को पक्षले विरोध गर्दै आएको छ।

कोभिडको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *