हावाहुरीले टेन्ट उडाउदा मधेश प्रदेश सभाको वार्षिकोत्सब स्थगित
टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।
हावाहुरीले टेन्ट र मञ्च भत्काउदा मधेस प्रदेशको प्रदेशसभामा आयोजित वार्षिक उत्सव स्थगित भएको छ ।
प्रदेशसभा सचिवालय आज चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।
तर, प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगित भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।
हावाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले आज तय गरिएको कार्यक्रम स्थगित भएको छ । सांसदहरुलाई मोवाइलमा एसएमएस पठाएर स्थगितबारे सचिवालयले जानकारी गराएका छन् ।
यद्यपि, यो कार्यक्रम कहिले हुने टुङ्गो लागेको छैन । कार्यक्रम मिति तय भएपछि पुनः सूचना प्रकाशन गरिने र सांसदहरुलाई जानकारी गराइने बताइएको छ ।