TodayPati

जनमत पार्टीको पूर्व-पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित

टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व-पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । 

पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले मौसम प्रतिकूल भएको जनाउँदै जमार्ग केन्द्रित आन्दोलन रोकेको हो । 

Sponsored

अब यो पार्टी पालिका केन्द्रित आन्दोलनमा लाग्ने निर्णय बैठकले गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् । 

जनमतले किसानहरुका माग पूरा नभए फागुन १ गतेदेखि थप कडा आन्दोलनका कार्यक्रम ल्याउने सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

मौसमले साथ दिएमा किसानहरूसँग अन्तरक्रियालाई अघि बढाउने पनि जनमतले जनाएको छ। 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *