जनकपुरधाममा प्रधानमन्त्रीको पुत्ला दहन
टुडेपाटी–
जनकपुरधाम, माघ १९ गते ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको विरोधमा जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ ।
नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले आज प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित उनीहरुले टायर बालेर प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।
जनकपुरधामको शिवचोकमा गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको थियो ।
मंगलबार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको हो ।
Sponsored