TodayPati

मधेश प्रदेश सभामा विषयगत समितिको रिक्त सभापतिका लागि चयन प्रक्रिया शुरु

टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।

मधेश प्रदेशसभा सचिवालयले प्रदेशसभा अन्तर्गतका लामो समयदेखि रिक्त बिभिन्न बिषयगत समितिहरुको सभापति चयन प्रक्रिया शुरु गरेको छ ।

प्रदेशसभा सचिवालयले सुचना प्रकाशित गरी प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयन प्रक्रिया शुरु गरेको जनाएको छ ।

Sponsored

प्रदेशसभा सचिवालयले जारी गरेको सुचनामा बिषयगत समितिहरुको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दत्र्ता गराउन आव्हान गरेको छ ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमवार विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दत्र्ता गराउन प्रदेशसभा सचिवालयको सुुचनामा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था रहेको छ । तर लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।

Sponsored

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *