TodayPati

पत्रकार र सञ्चारको समस्याप्रति मधेश सरकार गम्भीर छ : मन्त्री साह

रासस-
जनकपुरधाम, माघ १९ गते ।

मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रपत्रिकाहरुले पाउँदै आएको लोककल्याणकारी बिज्ञापनलाई व्यवस्थित बनाउने बताएका छन् ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकारहरुको स्वास्थ्य बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले संघीयताको मर्म भावना अनुसार अझै पनि पत्रपत्रिकाहरुको लोककल्याणकारी बिज्ञापन व्यवस्थित हुन नसकेकाले आवश्यक नीति बनाएर व्यवस्था गरिने बताए ।

Sponsored

‘‘ मुलुकमा संघीय व्यवस्था आएपनि मधेश प्रदेशका पत्रपत्रिकाहरुले लोककल्याणकारी बिज्ञापन पाउन सकिरहेको छैन्”,मन्त्री साहले भने,‘‘ अहिले पनि संघबाट पत्रपत्रिकाहरुको बर्गिकरण भईरहेको छ, यसबाट मधेशका पत्रपत्रिकाहरुको जुन ढंगबाट मुल्याङ्कल हुनुपर्ने हो त्यो हुन नसकेकाले प्रदेश सरकार यसप्रति गम्भीर छ ।” अब हामी प्रदेशबाटै यसलाई व्यवस्थित गर्छाै मन्त्री साहको भनाई थियो ।

पत्रकार र पत्रपत्रिकाको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री साहले पत्रकारहरुको पेशागत सुरक्षालाई प्राथमिकतामा राखेर योजना बनाएर अघि बढिरहेको बताए ।

प्रदेश सरकारले ल्याएको पत्रकारहरुको स्वास्थ्य बिमा कार्यक्रम पत्रकारहरुको हितमा रहेकाले यसलाई व्यवस्थित बनाउन पत्रकार महासंघ लगायतका सरोकारबाला संघ संगठनहरुले सहयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

Sponsored

No description available.

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्णले प्रदेशभित्र रहेका पत्रपत्रिकाहरुलाई सबल बनाउन प्रदेश सरकारले आगामी बजेटमा ठोस नीति तथा बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रदेश सरकार मधेश प्रदेशलाई पत्रकार मैत्री प्रदेश बनाउन चाहेको उल्लेख गर्दै राज्यमन्त्री कर्णले सञ्चारमाध्यमहरु सबल भएमात्र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा हुने भएकाले यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताइन् ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिबहरि भट्टराई, बरिष्ठ पत्रकार राजेश्वर नेपाली, बिएम खनाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण लगायले पत्रकारहरुको स्वास्थ्य बिमा सम्बन्धि ल्याएको कार्यक्रम सकारात्मक रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *