TodayPati

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी

टुडेपाटी–
काठमाडौं, माघ १८ गते ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

Sponsored

सत्तारुढ गठबन्धनको शनिबार बसेको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग पहिलो पटक छलफल गर्न लागेका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका आयोगका पदाधिकारी बालुवाटार जानेछन् ।

निर्वाचन आयोगले आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्न भन्दै आएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *