‘स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने !’
टुडेपाटी-
काठमाडौँ, माघ १८ गते ।
स्थानीय तहको निर्वाचन आउँदो जेठ ४ गते हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावको घोषणा गर्ने भएका छन् ।
२०७४ जेठ ५ मा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा देउवाले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्।
बानियाँले चुनाव कहिले हुन्छ भनेर सोधेकोमा जवाफ प्रधानमन्त्री देउवाले ‘चुनाव जेठ ४ गते हुने र यसको केही दिनमै मिति घोषणा गर्ने जवाफ फर्काएको बानियाँले जानकारी दिएका हुन् ।
भेटमा सहभागी कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले समेत प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए।
Sponsored
सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ६ गते नयाँ पदाधिकारीले कार्यभार सम्हाल्ने गरी चुनाव गर्न लिखित रुपमै दबाब दिएकी छिन्।