TodayPati

लकडाउन दुई हप्ता अझै लम्बिन सक्ने प्रधानमन्त्री ओलीको संकेत

टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।

मंगलबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या ९ मा सिमित राख्न सकेपनि अझै उच्च जोखिममा रहेको बताएका हुन् । ‘आउने दुई साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन्’ उनले भने, ‘यो अवधि कोरोनाको लक्षण प्रकट हुने मात्र होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ ।’

यसै साताबाट प्रयोग ल्याइएको र्‍यापिड डायग्नोस्टिक टेष्टले समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने उनको विश्वास छ । ‘यस परीक्षण मार्फत् संभावित संक्रमितको स्क्रीनिङ्ग गर्ने र दोहोरो परीक्षणबाट संक्रमित भएरनभएको सुनिश्चित गरिनेछ’ उनले भने ।

Sponsored

समुदाय स्तरको परीक्षणका लागि संभावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको भन्दै उनले थप सुनिश्चितताका लागि क्वारेन्टाइन अवत्रि पुरा गरेकाहरुको पनि परीक्षण गरिने बताए ।
उनले आगामी दुई साता अहिले भन्दा धेरै चुनौतीपूर्ण हुने बताएपछि लकडाउन अझै दुई साता लम्बिने देखिएको हो। भारतमा कोरोनाले महामारीको रुप लिन थालिसकेको अवस्थामा नेपालमा दुई सातादेखि जारी लकडाउन वैशाख मध्यसम्म जाने अवस्था देखिएको हो।

‘दुई सातादेखि लकडाउनका कारण म सम्बेदनशील छु। तर यो महामारीसँग जुध्न हामीसँग अर्को विकल्प पनि छैन’, उनले भने, ‘हामीले अझै दुई साता योभन्दा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ।’ ओली नेतृत्वको मन्त्रिपरिषद्ले सोमबार मात्रै लकडाउनलाई वैशाख ३ सम्म लैजान निर्णय गरिसकेको छ। तर कोरोनाको संक्रमणमा नेपालमा दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा सरकाले लकडाउनलाई वैशाख मध्यसम्म लैजान सक्ने संकेत गरेको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *