त्रिविले स्थगित गरेको परीक्षा फागुनमा हुने
टुडेपाटी–
काठमाडौं, माघ १७ गते ।
त्रिभुवन विश्वविद्यालयका स्थगित गरेको परीक्षा आगामी फागुनमा हुने भएको छ।
आज बसेको त्रिविका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि त्रिविले माघ ९ गते देखि परीक्षा परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
केही दिनयता संक्रमण घटने क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न त्रिवि पदाधिकारीको बैठक बसेको हो।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोष्शीले स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्ने भनेका छन् ।
Sponsored