TodayPati

जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनको सुझाव

टुडेपाटी–
काठमाडौं, माघ १५ गते ।

आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Sponsored

अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्नेछ ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *