अबैध सम्बन्ध लुकाउन महोत्तरीमा आफ्नै देवरको घाँटी थिची हत्या गर्ने सगिरा प्रहरी खोरमा
टुडेपाटी-
महोत्तरी, चैत २५ गते ।
महोत्तरीको पर्साकी सगिरा खातुनले अवैध सम्बन्ध लुकाउन देवरको हत्या गरेको अभियोगमा सगिरा प्रहरी खोरमा पगेकी छन् ।
महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् ।
सगिराले आफ्नै १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । उनले भने,’देवर मजिवुलको औलाले घाँटी थिची हत्या गरिएको हो ।’
सगिरा चैत ९ गते मध्यरातमा प्रेमीलाई आफ्नै घरमा बोलाएर यौन क्रियाकलापमा लिप्त थिइन् । सोही अवस्थामा उनीहरुलाई देवर मजिवुलले देखेका थिए ।
Sponsored
विगत २ वर्षदेखि सगिराका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा छन् । श्रीमान विदेशमा रहेको बेला यौन प्यास मेटाउन प्रेमीसँग एकवर्ष पहिलेदेखि यौन सम्बन्ध बढाएकी थिइन् ।
आपत्तिजनक अवस्थामा देवर मजिवुलले उनीहरुलाई देखेपछि सोही दिन राति सगिराले प्रेमिलाई भगाएकी प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी अधिकारीको भनाइ छ ।
एसपी अधिकारीका अनुसार सगिराको प्रेमी भगाउन देवर मजिवुलले पनि सहयोग गरेको पाइएको छ । त्यसपछि भाउजु र देवर आ–आफ्नै कोठामा गएर सुतेका थिए ।
सोही दिन राति उनीहरुबीच २७ मिनेट लामो फोनमा कुराकानी समेत भएको थियो । सगिराले प्रेमीसँग २७ मिनेट लामो कुरा गरेको कलडिटेल प्रहरीले पत्ता लगाएको एसपी अधिकारीले जानकारी दिए ।
अवैध सम्बन्धको पोल खुल्ने डरले फानेमै देवर मजिवुलको हत्या गर्ने योजना बनेको हुनसक्ने एसपी अधिकारीले बताए । उनले भने, ‘सोही अनुरुप सुतेको बेला मजिवुलको घाँटी थिचेर हत्या गरिएको हुनसक्छ ।’
हत्यापछि मजिवुलको शव खाल्डो खनेर गाड्न लैजाँदै गर्दा सगिरालाई प्रहरीले पक्राउ गरेको हो । कवरगाहा भन्ने ठाउँमा मजिवुलको शव लैजाँदै गर्दा सगिरालाई पक्राउ गरिएको एसपी अधिकारीले पुष्टि गरे ।
महिलाको प्रेमी फरार रहेको र खोजीकार्य जारी रहेको एसपी अधिकारीले बताए । ‘भागेर भारतमा लुकेको खार छ, खोजी कार्य भइरहेको छ,’ उनले भने ।
सगिरा र उनको प्रेमिमाथि कर्तव्य ज्यान मुद्दामा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।