चाँडै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री देउवाको प्रस्ताव
टुडेपाटी–
काठमाडौं, माघ १५ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तत्काल गर्न प्रस्ताव राखेका छन् । उनले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका हुन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
तर सत्ता गठबन्धनका दलले स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेका थिए ।
सत्ता गठबन्धनमा तीनै तहको निर्वाचन फागुन २०७९ मा गर्ने मोटामोटी सहमति जुटेको थियो ।
स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै कांग्रेस पार्टी भित्र र चौतर्फी आलोचना भएको हो । प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पत्र पठाएर दबाव दिएकी छन् ।
Sponsored
आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् ।