स्थानीय तहको चुनावको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी
टुडेपाटी-
काठमाडौं, माघ १५ गते ।
स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले जारी छ ।
बिहान ९ बजेदेखि प्रधानमन्त्री सरकारी निवास (बालुवाटार) मा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् ।
तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भने सहभागी छैनन्।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।
पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो ।
Sponsored
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।