माओवादीबाट निर्वाचित रौतहटका एक वडाध्यक्ष काँग्रेसमा प्रवेश
टुडेपाटी-
रौतहट, माघ १५ गते ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित रौतहटका एक वडाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
फतुवा बिजयपुर नगरपालिका वडा नं. ६ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव काँग्रेसमा प्रवेश गरेका हुन् ।
काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी माओवादी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई काँग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले पार्टी प्रवेश गराएका छन् ।
उनले वडाध्यक्ष यादव र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।
पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेकाले पार्टी छोडेको वडा अध्यक्ष हीरालाल यादवले प्रतिक्रिया दिए।
Sponsored