TodayPati

मधेश प्रदेशमा कोरोना भ्याक्सिनको दुवै डोज लगाएकी एक महिलाको कोरोनाबाट मृत्यु

टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।

मधेश प्रदेशमा कोरोना विरुद्धको भ्याक्सिनको लगाएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पर्साको वीरगंज महानगरपालिका वडा नं. २७ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय कुमार झाले जानकारी दिए ।

Sponsored

नारायणी अस्पतालमा गत शुक्रवार भर्ना भएकी महिलाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु भएकी महिलाले कोरोना विरुद्धको भ्याक्सिन भेरोसेलको दुवै डोज लगाएकी थिइन् । यस सँगै कोरोनाबाट हालसम्म यस प्रदेशमा १ हजार ४९ जनाको मृत्य भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *