स्थानीय तहको निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
टुडेपाटी–
काठमाडौँ, माघ १४ गते ।
स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । निर्वाचनबारे देखिएको अन्योलबारे छलफल गर्न शनिबार बैठक बोलाइएको हो ।
आज प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्नका लागि सिफारिस समेत गरिसकेका छन् ।
आयोगले सिफारिस गरेको लामो समयसम्म पनि स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारले चासो नदेखाएपछि विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।
गठबन्धनका केही दलले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्न सरकारलाई दबाब दिँदै आएको छ ।
Sponsored