TodayPati

मधेश प्रदेशाबाट राष्ट्रिय सभामा सत्ता गठबन्धनकै दुवै उम्मेदवार सिद्धिकी र अर्याल विजयी

टुडेपाटी-
जनकपुरधाम, माघ १२ गते ।

मधेश प्रदेशबाट अन्य तर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजय भएका छन् । जनता समाजवादी पार्टी जसपाका सिद्धिकी ६६७८ मतभार सहित विजयी भएका हुन् । उनी सिरहका हुन् ।

एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी पराजित भएका छन् । एमालेका उसमान अन्सारी मात्र २७६६ मत भार ल्याउन सफल भए ।

Sponsored

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य अन्य र महिला तर्फ गरि दुइजनाको लागि भएका निर्वाचन भएको हो । महिला तर्फ सत्ता गठबन्धनकि उम्मेदवार उर्मिला अर्याल विजयी भएकी हुन्  ।

उनी ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन् । यादव लोसपाबाट उम्मेदवार हुन् ।

मधेश पदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।

Sponsored

जम्मा ३७२ मतदाता रहेकामा ३६६ मत खसेको थियो ।स्थानीय तहमा २६८ मा २६४ खसेको थियो भने प्रदेश सांसद १०४ मा १०२ मत खसेको थियो ।


टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *