मधेश प्रदेश : प्रहरीको स्कर्टिङ्गमा पुगेर जनप्रतिनिधिले गरे मतदान
टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।
राष्ट्रियसभा अन्तर्गत मधेश प्रदेशमा मतदान सम्पन्न भएको छ ।
आज डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनप्रतिधिहरुको गाडीमा तोडफोड गरेपछि प्रहरीको स्कर्टिङ्गमा जनप्रतिनिधिहरुले मतदान स्थल पुगेका छन् ।
जनमत पार्टीका सयौँ कार्यकर्ताले मतदान स्थलको वरपर लाठी र भाटासहित प्रदर्शन गरेपछि राष्ट्रियसभाका मतदातालाई प्रहरीले सुरक्षा दिएको हो ।
जनमतका कार्यकर्ताहरुले प्रदर्शनका क्रममा स्थानीय तहका प्रतिनिधि तथा प्रदेश सांसदहरुको गाडीमा तोडफोड गरेका छन् ।
उग्र प्रदर्शनका कारण मतदाताहरूलाई जनकपुरधामस्थित मतदानस्थलमा लैजान प्रहरी तैनाथ गरिएको थियो ।
Sponsored
प्रदर्शनका क्रममा सर्लाहीको हरिवनका मेयर–उपमेयर सवार गाडी, प्रदेश सांसद अशोक यादव सवारी गाडी र जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सवार गाडी पनि तोडफोड गरिएको छ ।
मतदान सम्पन्न भएकाले अब केही बेरमा मतगणना हुनेछ ।